बुधबार, चैत २५, २०८२

संसदमा उठेका विषय सम्बोधन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

National life
kumari

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
     
आजको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समसामयिक र सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै ती विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख घिमिरेले ध्यानाकर्षण गराएका हुन्।
     
गत फागुन ६ गतेको बैठकमा पनि आफूले उठेका विषयमा गम्भीरतापूर्वक सम्बोधन गर्न भनेको स्मरण गराए।

प्रकाशित: Feb 22, 2024| 12:04 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्