बुधबार, चैत २५, २०८२

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निष्कर्ष पेस गरिँदै

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ।

National life

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि जारी सातौँ  बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजना माथि आज टोली प्रमुखले आआफ्नो समूहमा भएको छलफलको निष्कर्ष सुनाउने छन्।

जारी बैठकमा प्रस्तुत अवधारणामाथि छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी ९ वटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक विषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बुधबार कार्ययोजना प्रस्तुत गरेका थिए।

उक्त कार्ययोजनामा ९ समूहमा विभाजन गरी छलफल गरिएको थियो। सोही समूहले आज प्रतिवेदनको निष्कर्ष सुनाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिए बैठक आज सकिने पार्टी सचिवालयले जनाको छ।

kumari

प्रकाशित: Feb 22, 2024| 08:53 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्