बुधबार, चैत २५, २०८२

कांग्रेस महासमितिमा पत्रकार अधिकारी उठाए मिडियाका मुद्दा

 |  बुधबार, फागुन ९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०

ललितपुर- नेपाली कांग्रेसको जारी महासमिति बैठकमा  शुभेच्छुक संस्था नेपाल प्रेस युनियनबाट महासमिति सदस्य तथा पत्रकार सरोज अधिकारीले मिडियाका मुद्दा उठाएका छन्। 

National life

नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै महासिमिति सदस्य अधिकारीले पछिल्लो समय मिडियामा देखिएको संकट समाधानका लागि देशको ठूलो पार्टी कांग्रेसले भूमिका खेल्नुपर्ने बताए। 

उनले प्रेस स्वतन्त्रतामाथिको हमाल नै लोकतन्त्रमाथिको हमाल भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउनका लागि लोकतन्त्रको हिमायती पार्टी नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने बताएका हुन्। 

उनले भने, 'पछिल्लो समय मिडियामाथि आक्रमण गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम भइरहेको छ। यसतर्फ नेपाली कांग्रेसको ध्यानाकर्षण होस्।' 

उनले शुभेच्छुक संस्थालाई पार्टीले मतदानका लागि मात्रै उपयोग गर्न खोजेको उल्लेख गर्दै अधिकार पनि दिनुपर्ने बताएका हुन्। उनले भने, 'भूगोलबाट आउने र शुभेच्छुक संस्थाबाट आउने सबैको योगदान उत्तिकै भएकोले अधिकार पनि दिनुपर्दछ।'

kumari

पछिल्लो समय नियोजित तरिकाले मुलधारका मिडियालाई बदनाम गराउने र लोकतन्त्रलाई कमजोर बनाउने गतिविधिहरु भइरहेकोले त्यसतर्फ पनि पत्रकार अधिकारीले ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: Feb 21, 2024| 19:50 बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्