बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छु : प्रधानमन्त्री दाहाल

निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छु : प्रधानमन्त्री दाहाल

 |  मंगलबार, फागुन ८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ८, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाले चीरकालसम्म स्मरण गर्नेगरी सो जिल्लाको विकासमा लागिपरेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले गोरखाको विकासमार्फत् आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्ने स्पष्ट गरेका छन्।  

National life

उनले भने, ‘यसपटक नीतिगत निर्णय र बजेट बिनियोजनको कमाण्ड लिएको छु, गोरखा मेरो उच्च प्राथामिकतामा छ। सबैले महसुस गर्नेगरी काम गर्ने मेरो योजना छ।’ उनले जनताका अपेक्षा धेरै भएको भन्दै गोरखाको विकासमा चाहेजति ध्यान दिन नसकेको पनि उल्लेख गरे। 

बिगतमा समयको दबाबले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै उनले यसपटक भने आफूले गोरखालाई उच्च प्राथामिकतामा राखेको दोहोर्‍याए। उनले आँपपिपल अस्पतालको क्षमताअभिबृद्धिका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको जानकारी गराउँदै केही दिनभित्र बुढीगण्डकी आयोजना शिलन्यास हुने जानकारी दिए। 

उनले भने, ‘बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि स्रोतको सुनिश्चितता भइसकेको छ। अब केही दिनभित्रै शिलन्यास हुन्छ। यसले पनि गोरखामा मात्रै नभइ मुलुकमा नै केही राम्रो काम हुँदैछ भन्ने सन्देश जानेछ।’

उनले हाल बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनका लागि गम्भीर छलफल भइरहेको जानकारी गराउँदै रुग्ण उद्योगहरु सञ्चालनका लागि अध्ययन भइरहेको बताए।  

kumari

प्रधानमन्त्री दाहालले कृषि क्याम्पस र कृषि तथा प्रविधिपार्क निर्माण गर्ने सोचमा आफू रहेको सुनाउनुभयो। उहाँले केही समयअघि भएको आफ्नो चीन भ्रमणका क्रममा पनि यस विषयमा छलफल भएको जानकारी गराए। 

उनले भने, ‘चीनमा राँगा र भैँसीको मासुको माग उच्च रहेछ। गोरखामा नै यस्तो केन्द्र निर्माण गर्नुपर्छ भन्ने मेरो सोच छ। रामपुरमा बनाउने कुरा पनि भएको थियो तर मेरो प्राथामिकता गोरखामा नै छ। यसतर्फ म लागिरेहेकै छु।’ 

प्रकाशित: Feb 20, 2024| 15:53 मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्