काठमाडौं- नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक मंगलबार सुरु हुँदैछ। पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ। बैठक मंगलबार बिहान ११ बजे बस्ने तय भएको छ।
बिहीबारसम्म चल्ने बैठकमा समग्र पार्टीको राजनीतिक तथा सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने बताइएको छ।
यसैगरी, बैठकको कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका छन्। गत बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने छन्।