बुधबार, चैत २५, २०८२

राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र कति सुदृढ ?

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

काठमाडौं- विशेषत: २०४७ सालमा बहुदलिय लोकतन्त्रको स्थापनासँगै नेपालका राजनीतिक दलभित्रको लोकतन्त्रको अवस्थाको बारेमा विभिन्न कोणबाट बहस भइरहेको छ। देशका प्रजातन्त्र एवं लोकतन्त्रको पुनर्स्थापना भएको साढे तीन दशक भइसक्दा पनि दलहरुभित्र भने अझै निरंकुश कार्यशैली रहेको भनी बेलाबखतमा आलोचना हुने गर्छ।

National life

यसै सन्दर्भमा पोखरामा जारी साहित्य सम्मेलनमा कति लोकतान्त्रिक दलहरु ? शीर्षकमा छलफल भएको छ। अंग्रेजी दैनिक दि अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी र नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा र विज्ञ सुचेता प्याकुरेल वक्ताको रुपमा उपस्थित थिए।

कांग्रेसका नेता विश्वकर्माले नेपाली कांग्रेसले आफ्नो महाधिवेशन समयमा नै सम्पन्न गर्ने गरेको बताउँदै पार्टीको इतिहासमा १४ पटक महाधिवेशन गरिसकेको उल्लेख गरे। उनले भने– इतिहासदेखि नै नेपाली कांग्रेसभित्र पूर्ण रुपमा आन्तरिक लोकतन्त्रको अभ्यास भइरहेको छ। त्यसैगरी आन्तरिक निर्वाचन प्रणाली पनि सुदृढ भएको छ।

विश्वकर्माले लोकतन्त्र भनेको सहभागिता विचार तथा अभिव्यक्ति, मत र निर्णय गर्ने अधिकारसँग जोडिएको बताए। एमाले नेता गिरीले एमालेले आफ्नो पार्टी संरचनामा पूर्ण रुपमा लोकतान्त्रिक अभ्यास अपनाएको उल्लेख गर्दै त्यही प्रणालीमार्फत नै आफू जस्ता युवा नेता पार्टीको केन्द्रीय समितिमा निर्वाचित भएको र संसदको सर्वोच्च पदमा पनि रहेको बताए। उनले भने– अवश्य नै हामीले पार्टी बाहिर र भित्र लोकतान्त्रिक संस्कारलाई अझ बृद्धि गर्नुपर्ने आवश्यकता रहेको छ। गिरीले एमाले समावेशी तथा आन्तरिक लोकतन्त्रप्रति प्रतिवद्ध रहेको र लोकतन्त्र आफूहरुको पनि साध्य रहेको बताए।

नेकपा एमालेका नेता माधव बाँस्कोटाले भर्खरै सकिएको पार्टीको पहिलो विधान अधिवेशनले आन्तरिक लोकतन्त्र एवं जनवादलाई अझ सुदृढ बनाएको र त्यहाँ स्पष्ट रुपमा सबै सहभागितले आफ्नो धारणा राखेको बताए। उनले भने– संसारभरका कम्युनिष्टहरुले जनवादको नारा लगाउँदै आए पनि नेपालमा भने यस विषयमा अझै बहसको आवश्यकता छ। लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित जनवादका कुरा गर्दा अराजकतातिर जाने र केन्द्रियताको कुरा गर्दा निरंकुशता तर्फ जान्छ ।

kumari

कार्यक्रममा सुचेता प्याकुरेलले विश्वका धेरै मुलुकमा लोकन्त्र र राजनीतिक दललाई सँगै लैजाने काम चुनौतीपूर्ण रहेको बताइन्। उनले लोकतान्त्रिक अभ्यासका हिसाबले सबै पार्टीहरुले आफूहरु सहि ठाउँमा रहेको बताए पनि लिंग र जातका हिसाबले नेपाली राजनीतिक पार्टी समावेशी नरहेको बताइन्।

प्रकाशित: Feb 18, 2024| 15:42 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्