बुधबार, चैत २५, २०८२

पक्राउ पुर्जी जारी भएका विप्लव समाजवादी मोर्चाको संयोजक

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

काठमाडौं- समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन्। मोर्चामा आलोपालो नेतृत्वको प्रावधानअनुसार माधवकुमार नेपालपछि विप्लवलाई संयोजक बनाइएको हो।

National life

आइतबार मोर्चाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने बताए।

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले विप्लवसहित सो पार्टीका नेताहरू खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा तथा राजु कार्कीविरुद्ध गत मंसिर १८ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो। ३५ दिन नाघिसक्दा पनि उनीहरु कोही पक्राउ परेका छैनन्।

जिल्ला अदालत काठमाडौंको सूचनाअनुसार उनीहरूविरुद्ध राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी जारी भएको हो। मुलुकी कार्यविधि संहिता, २०७४ को दफा ५८ (१३) बमोजिम पक्राउ पुर्जी जारी भएको सूचनामा उल्लेख छ।

kumari

प्रकाशित: Feb 18, 2024| 12:25 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्