शुक्रबार, चैत २७, २०८२

दुई मन्त्रीलाई तत्काल बर्खास्त गर्न एमालेको माग

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

National life

आइतबार प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले पुस १४ गते दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा गृहमन्त्री र यातायात मन्त्रीलाई प्रधानमन्त्रीले तत्काल हटाउनुपर्ने माग गरेका हुन्।

आयोगले मन्त्रीलाई नै दोषी ठहर गर्दासम्म पनि प्रधानमन्त्रीले बर्खास्त नगरेको भन्दै एमालेले उनीहरूलाई तत्काल पदबाट हटाउन एमालेले माग गरेको हो। 'सरकारको मन्त्री मुख्य दोषी भनेर किटान गरेको आज २८-३० घन्टा बितिसक्दा समेत मन्त्री पदमा बहाल हुनुहुन्छ। मन्त्रीलाई बर्खास्त गरेको सूचना हामीले पाएनौं। घटनामा जोडिएका मन्त्रीलाई जिम्मेवारीबाट हटाइयोस्, बर्खास्ती गरियोस्,' बर्तौलाले भने।

प्रहरीको नेतृत्व गृह मन्त्रालयले गर्ने भएकाले गृहमन्त्रीले पनि राजीनामा दिनुपर्ने उनले बताए। घटनापछि कर्मचारी र प्रहरीलाई कारबाही गरिएको तर मन्त्रीहरूमाथि कुनै एक्सन नलिएकोमा एमालेले आपत्ति जनाएको छ।

बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको थियो। आयोगले मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिससमेत गरेको थियो। मन्त्रीकै निर्देशनमा गाडी विपरीत दिशामा प्रवेश गर्दा उक्त घटना भएको आयोगले ठहर गरेको थियो।

kumari

आजकै बैठकमा रास्वपा सभापति तथा सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आज जाँच रहेको बताएका छन्।

आइतबार प्रतिनि धिसभा बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका बहालवाला मन्त्री प्रकाश ज्वालालाई के गर्ने भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधे।

उनले भने, ‘प्रधानमन्त्रीको आज जाँच हुन्छ। दोषी ठहरिएका मन्त्रीलाई के गर्ने हो ?’ जाँचबुझ आयोगले दोषी ठहर गर्दा पनि मन्त्रीले नैतिकता नदेखाएको उनले बताए। ‘अहिलेसम्म मन्त्रीले न नैतिकताको प्रदर्शन गरेका छन्,  न प्रधानमन्त्रीले छनक देखाउनु भएको छ। छानबिन आयोगले दोषी ठहर्‍याउँदा पनि चुइँक्क नबोली भाषण गर्दै हिँड्नेसँग नैतिकता हुन्छ ?’ उनले प्रश्न गरे।

प्रकाशित: Feb 18, 2024| 11:49 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्