शुक्रबार, चैत २७, २०८२

संसद्‍मा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरूबीच प्रश्नोत्तर हुने कार्यसूची तय गरिएको छ।

National life

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरूको व्यहोरा पढेर सुनाउने र त्यस लगत्तै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने कार्यसूची छ।

राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची समेत आजको बैठकको छ।

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धी प्रतिवेदन, २०८०’पेस गर्नेछन्।

यसैगरी सांसद प्रेम सुवालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ।

kumari

अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन), अध्यादेश २०८० लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची समेत आजको बैठकको छ।

आजकै बैठकमा अर्थमन्त्री महतले नै ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक,२०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित: Feb 18, 2024| 08:56 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्