काठमाडौं- अगामी तीन वर्षभित्र देशभर विद्युतिकरण हुने भएको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले तीन वर्षमा देशभरी विद्युतीकरण गर्ने दावी गरेका हुन्।
उनकाअनुसार दुई वर्षभित्र दुई नम्बर प्रदेशभरी विद्युतीकरण गरिने भने तीन वर्षमा देशभर विद्युतिकरण गरिने योजना अघि सारिएको छ। योजना मन्त्रालयले अघि सारेको भन्दै त्यसका लागि स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न उनले अग्रह गरेका छन्।‘साथै ठुला आयोजना बनाइसकेपछि प्रदेशमा हस्तान्तरण गर्ने सरकारले तयारी गरिरहेको छ,’ उनले भने ‘तराइका केही जिल्लामा चोरी र हुकिङको समस्या कायसमै छ।’ त्यसलाई रोक्न सहयोग गर्न पनि उनले जनप्रतिनिधहरुलार्इ आग्रह गरे। ‘चोरी र हुकिङमा साथ दिनुहोस हामी वितरणमा सुधार गर्छौ,’उनले भने।
त्यसस्तै अर्को चुरेको संरक्षणमा जोड दिदै मन्त्री पुनले तटबन्ध निर्माण गर्दा जनताको सहभागिता हुनुपर्ने र गुणस्तर र पारदर्शीतामा ध्यान पुर्याउन पनि उनको भनाइ छ।
मन्त्रालयले ३ हजार ५ मेगावाट जलविद्युत अयोजनाको लगानीमा संचालन गर्ने तयारी गरेको छ। साथै तराइमा दुई सय मेगावाट सोलार परियोजना समेत बनाउने घोषणा गरिएको छ।
संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय गरेर अघि बढ्नु पर्ने उनको बुझाइ छ। नेकपा-२ नम्बर प्रदेशको कसंसदिय दलले जनकपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले तीनै तहका सरकारहरुलाई संविधानले सार्वभौम अधिकार प्रयोग गर्ने, संवैधानिक व्यवस्था गरेको भन्दै त्यसलाई देश र जनताको हितमा उपयोग गर्नुपर्ने धारणा राखे।
नेपाली जनताको बलिदानबाट लोकतन्त्र र संघियता प्राप्त भएको भन्दै यसलाई सस्थागत गर्न सबै एकजुट भएर अघि बढ्नु पर्नेमा जोड छ।‘संविधानले स्पष्ट रुपमा तीन तहको सरकार रहने व्यवस्था गरेको छ,’ उनले भने ‘त्यसलाई अवसरको रुपमा लिएर देशको विकासमा काम गरौं।’
मन्त्री पुनकाअनुसार सुशासन र विकास सरकारको प्राथमिकतामा छ। त्यसमा कुनै बहाना र सम्झौता हुंदैन। प्रधानमन्त्रीले पनि सुशासन र विकासलाई प्राथमकितामा राखेको छ।
उनले प्रशासनिक पुर्नसंरचनामा समय लाग्दा परिणाम नदेखिएको भन्दै अब सरकारले परिणाम दिने गरी काम गर्ने बताए। संघिय सरकारले शुक्रबार मात्रै २५ वर्षे दिर्घकालिन योजना अघि सारिएको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४