सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दैनिक ८ घण्टा काम गर्ने १०७ वर्षे एन्टोनी, अझै युवावस्था कै जोश 

दैनिक ८ घण्टा काम गर्ने १०७ वर्षे एन्टोनी, अझै युवावस्था कै जोश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
साधारण मानिसले कति वर्षसम्म आफ्नो पेशालाई नियमितता दिन सक्छ? अर्थात कुन उमेरसम्मका मानिसले काम गर्न सक्छ? तपाईको अनुमान होला बढीमा ६० वा ७० । तर, अमेरिकाका एन्थोनी मिनसिलिनका बारेमा थाहा पाउनुभयो भने तपाईंका सम्पूण अनुमानले फेल खानेछन् । कारण हो उनी अहिले एक सय सात वर्षका भए तर उनले युवाअवस्थामा झै सक्रिय भएर काम गरिरहेका छन् । 

११ वर्षको उमेरदेखि हजाम (कपाल काट्ने) पेशा अंगालेका उनी अहिले एक सय सात वर्ष पुग्दासम्म नियमित काममा छन् । 

कामलाई नै पुजा र प्रेरण मान्ने उनी आफ्नो लामो आयु र स्वथताको कारण पनि कामलाई  पनि श्रेय दिन्छन् । ११ वर्षको उमेरदेखि कपाल काट्न सुरू गरेको एन्थोनी मिनसिलिनले ९६ उमेरमा नै  गिनिज बुक अफ वोल्ड रेकर्डमा नाम कायम गरेका थिए । उनी सन् २०१९ मार्चमा १०८ वर्षको हुने छन् । 

उनको  ८१ वर्षका छोरा  पनि उनको दैनिक ग्राहकमा पर्छन् । उनका अर्को ग्राहक क्रिस डुयुन  एन्थोनी कामबाट निकै सन्तुष्टी र कुनै प्रकारको गुनासो नभएको  बताउँछन् । 

१४ वर्ष अघि एन्थोनीकी पत्नीको मृत्यु भएको थियो । श्रीमतीको सम्झना भुलाउन पनि कामलाई निन्तरता दिएको उनको भनाई छ । 

सन् २००७ मा, गिनिज बुक अफ वोल्र्ड रेकर्डमा नाम लेखिसके पछि, अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामा र न्यु योर्कका गर्भनर एंड्र कुओमोले पनि उनलाई पत्रसहित बधाई दिएका छन् । 
उनको हजामको लाइसेन्स ३१ अक्टोबर २०२० मा सकिने छ । तर, उनको स्वास्थ स्थिति अनुकुल भएमा सोही अनुसार लाईसेन्स नवीकरण गर्न सकिनेछ ।

एन्थोनीका अनुसार, उनलाई केही काम नगरी फुर्सदमा बस्न मन नलाग्ने बताउँछन् । दैनिक आठ घण्टा काम गर्ने उनी  हप्तामा ५ दिन काम गर्छन् । काम गर्न सकुन्जेल रिटायर नहुने उनले बताएका छन् ।एजेन्सी
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।