बुधबार, भदौ २६, २०८१

एसिसी महिला क्रिकेटः नेपाल मलेसियासँग पराजित

 |  शुक्रबार, फागुन ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ४, २०८०

काठमाडौं- एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ। जितका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

triton college

मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान दिइन्। उनले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताएकी हुन्। तेस्तै मास एलिसाले १३ रन जोडदा महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन्।

नेपालका लागि सीता रानामगर र  कविता जोशीले समान दुई/दुई विकेट लिए भने रुविना क्षेत्री र  कविता कुँवरले समान एक/एक विकेट लिए।

त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको  थियो। 

नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन्। डली भट्टले  १४ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाइन्। सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन्। कविता कुवरले ३१ बलमा २ चौकासहित २३ रन बनाइन् भने रुविना क्षेत्रीले १८ बलमा २ चौकासहित २० रन जोडीन्।

Metro Mart
vianet

मलेसियाकी महिराह इजाती इस्मालील २ विकेट लिइन् भने विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन्। 

आजै भएको अर्को सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ। यो जितसँगै मलेसिया र युएई एसिया कपमा छनोट भएका छन्। नेपाल भने प्रतियोगिताबाट बहिरिएको छ।

प्रकाशित: Feb 16, 2024| 15:23 शुक्रबार, फागुन ४, २०८०
प्रतिक्रिया दिनुहोस्