बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • महामन्त्रीको प्रस्तावको स्वामित्व लिन सकिँदैन, फरक प्रस्ताव आउँछ : नेता महर

महामन्त्रीको प्रस्तावको स्वामित्व लिन सकिँदैन, फरक प्रस्ताव आउँछ : नेता महर

 |  शुक्रबार, फागुन ४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ४, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताएका छन्।

National life

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेता महरले प्रस्तावहरु केन्द्रीय सदस्यसँग छलफल नगरी तयार भएको बताए। ‘पहिलो कुरा, पार्टीकातर्फ बाट केन्द्रिय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भनेपनि आजसम्म संयोजक बाहेक केन्द्रीय सदस्य सँग छलफल भएन,’ उनले भने, ‘ महासमितिमा केन्द्रीय समितिका रुपमा पेस हुने प्रस्तावमा हामीले स्वामित्व लिने अवस्था देखिएको छैन,’

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शमाले सांगठनिक प्रतिवेदन निर्माणका लागि समिति समेत नबनाएको उनको आरोप थियो। 

यस्तै महरले उपसभापति खड्काले प्रस्तुत गरेका नीति प्रस्तावमा  इतिहासको कुरा मात्र आएको भन्दै नयाँ कुरा समेट्नुपर्ने बताए। ‘नीति प्रस्तावमा इतिहास आएको छ ,’ उनी भन्छन्। पुराना कुरालाई मात्र समेटेर नयाँका बारेमा सम्बोधन नगर्ने हो भने हाम्रो राजनीतिले मेल खाँदैन। त्यसमा ध्यान जाओस्। कांग्रेसले नैतिकतामा आधारित जीवन उपयोगी मानवतावादी शिक्षाको नीति लिनुपर्छ।’ 

उनले आफू भ्रातृ संस्थाको अनिवार्य निर्वाचनको पक्षमा रहेको भन्दै निर्वाचनले आन्तरिक लोकन्तत्रलाई बलियो बनाउने बताए। 
नेता महलले महामन्त्री थापाको सांगठनिक प्रस्तावमा सभापतिलाई शक्तिशाली बनाउने गरी आएको प्रस्तावमा विमति राखेका छन्। ‘महामन्त्रीको सांगठनिक प्रस्तावमा पार्टीका विभिन्न निकायमा सभापतिले मनोनित गर्ने कुरा मेरो विमति छ। समाजवादी र माओवादी समेत निर्वाचनमा केन्द्रित भएको बेलामा पूर्ण निर्वाचित कमिटी बन्नुपर्छ,’ उनले भने।

kumari

महाधिवेशन प्रतिनिधि निर्वाचन लडेर क्षेत्रबाट आउनुप महरको भनाइ छ। पालिका पार्टी सभापतिलाई प्रदेश कमिटीको निर्वाचनमा स्वतः प्रतिनिधि हुने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। पार्टीमा वर्गीय र महिलाको प्रतिनिधित्व ५० प्रतिशत गर्नुपर्ने महरले बताए। यस्तै उनले वर्तमान संविधानको पूर्णकायान्वयनमा पार्टीले लाग्नुपर्ने बताए। ‘संविधान हाम्रो नेतृत्वमा बनेको हो। आफैले बनाएको संविधानको स्वामित्व नलिँदा हामी अलमलिने अवस्था आउछ। इफ बट केही नभनिकन संविधानको पूर्णकार्यान्वयनमा नेपाली कांग्रेस जानुपर्छ। कांग्रेसले जन्माएको संविधानको कांग्रेसले नै रक्षा गर्नुपर्छ।’

हरेक चार वर्षमा कांग्रेसको महाधिवेशन मंसिरमा गर्ने प्रवन्ध वैधानिक रुपमा गर्नुपर्ने उनको भनाइ छ। ‘अहिले विधान संशोधन नभएपनि यो व्यवस्था गर्नुपर्छ,’ उनले भने।

नेपाली कांग्रेसमा अवसरको न्यायोचित वितरण ठूलो समस्या देखिएको भन्दै तीन पटक उम्मेदवार हुने व्यक्तिले मैदान छाडेर नयाँलाई अवसर दिनुपर्ने महरको भनाइ छ। ‘नयाँ मान्छेले पनि काम गरेर देखाउने अवसर दिनुपर्छ। यो गठबन्धन सीमित मान्छेका लागि भएको थियो। आगामी दिनमा चुनावअगाडि गठबन्धन नहुने गरी नेपाली कांग्रेस जानुपर्छ। बाँकी मेरा कुराहरु महासमिति बैठकमा लिखित रुपमा राख्ने नै छु,’ उनी भन्छन्।

प्रकाशित: Feb 16, 2024| 13:58 शुक्रबार, फागुन ४, २०८०
प्रतिक्रिया दिनुहोस्