बुधबार, माघ २१, २०८२

आइसिसी विश्वकप लिग-२

घरेलु मैदानमा नामिबियासँग नेपालको हार

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

काठमाडौं- आइसिसी विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको हो।

National life

नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ६ विकेटको क्षतिमा ३३.१ओभरमा पूरा गर्‍यो। नामिबियाका ओपनिङ ब्याटर निकोलास डेभिनलाई नेपालका ललितनारायण राजवंशीले १५ रनमा कुशल भुर्तेलबाट क्याच गराएका थिए। यस्तै दोस्रो विकेटको रुपमा ललितले ओपनर माइकल भानलाई २३ रनमा आउट गरेका थिए।

यस्तै सोमपाल कामीले नामिबियाका कप्तान जेराल्ड इरासमसलाई ८ रन र जान फ्राइलिंकलाई ३४ रनमा आउट गरे। दुवैलाई सोमपालले २१औं ओभरमा क्याच आउट गराए। यस्तै सोमपालले जान ग्रिनलाई २ रनमा विकेटकिपर आसिफबाट क्याच गराए।  त्यतिबेला नामिबियाल तीन विकेट गुमाउँदा खातामा मात्र दुई रन मात्र थपेको थियो। तर नामिबियाका जान निकोलले ३१ रन र जेजे स्मिथले नटआउट १७ रन जोडेपछि नेपालले हार टार्न सकेन।

टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रनमा अलआउट भएको थियो।
अब नेपालले दोस्रो खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

प्रकाशित: Feb 15, 2024| 15:26 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्