बुधबार, माघ २१, २०८२

एसिसी महिला क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

 |  बुधबार, फागुन २, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २, २०८०

काठमाडौं- कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ।

National life

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो।

ब्याटिङ गर्ने क्रममा वर्षाले खेल प्रभावित बनेको थियो। नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएकामा ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। 

नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक २२ रन बनाइन्। उनले २१ बलमा एक चौकाको साहयताले अविजित २२ रन बनाएकी हुन्। त्यस्तै सीता रानामगरले १७ रन जोडिन् भने कविता जोशीले अविजित ४ रन बनाइन्। बलिङतर्फ कुवेतकी मारयाम ओमरले एक विकेट लिइन्। 

यसअघि कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो। कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन्। उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन्। त्यस्तै खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३-१३ रन जोडे। 

Laxmi sunrise bank

कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई-दुई विकेट लिए।

नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। नेपालले समुह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो। योजितसँगै सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन्। 

प्रकाशित: Feb 14, 2024| 16:21 बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्