बुधबार, माघ २१, २०८२

एसिसी महिला क्रिकेट- कुवेतले नेपाललाई दियो ७४ रनको चुनौती

 |  बुधबार, फागुन २, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २, २०८०

काठमाडौं- मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा कुवेतले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ।

National life

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको हो। 

कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन्। उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन्। खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३-१३ रन जोडे। 

कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई÷दुई विकेट लिए।

नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरेका हुन्। यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो।

Laxmi sunrise bank

 नेपालले हङ्कङ र भुटानलाई समान आठ÷आठ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई दुई सय १४ रनको भारी अन्तरले पराजित गरेको थियो। कुवेतले समूह चरणको खेलमा म्यानमार र सिङ्गापुरलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो। यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछन्। 

प्रकाशित: Feb 14, 2024| 13:43 बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्