काठमाडौं- दोलखामा मानव कंकाल फेला परेको छ। गौरिशंकर गाउँपालिका ७ मार्बुस्थित घटे खोलामा १३ वर्षीया आयुषा श्रेष्ठको कंकाल फेला परेको हो।
मार्बुका रामकृष्ण श्रेष्ठको छोरी आयुषा सात महिना अगाडि वर्षाको समयमा हराएको प्रहरीले जनाएको छ । मृतकको परिवारले उक्त कंकाल पहिचान गरी बुझी लगेको प्रहरीले जानकारी दिएको छ।