शुक्रबार, कात्तिक २८, २०८२

थाहा बन्यो जिल्लाकै उत्कृष्ट नगरपालिका

मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ। अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

मकवानपुर- मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ। अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो।

National life

जिल्ल्ला समन्वय समितिको छैठौँ जिल्ला सभाको अवसर पारेर थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरूमध्ये उत्कृष्ट घोषणा गरिएको हो। यो घोषणासँगै थाहा नगर लगातार ३ वर्ष जिल्लामा उत्कृष्ट हुने नगरपालिका बनेको छ।

जिल्ला समन्वय समितिको मूल्यांकनको आधारमा हुने उक्त घोषणा छैठौं जिल्ला सभाको कार्यक्रममा हेटौंडामा घोषणा गरिएको हो। उत्कृष्ट बनेको थाहा नगरलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नगर प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपालीलाई सम्मानपत्र हस्तान्तरण गरेका छन्।

कार्य प्रगति तथा स्थानीय तह संस्थागत  क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ को अंकभारलाई समेत आधार मानी जिल्ला समन्वय समिति मकवानपुरले पुरस्कृत गरेको हो। जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालका अनुसार थाहा नगरले ७५.५ अंक प्राप्त गरेको छ।

नगरपालिका लगातार तेस्रो पटक उत्कृष्ट बनेसँगै नगर प्रमुख विष्टले जनप्रतिनिधि तथा कर्मचारीहरूमा आभार ब्यक्त गरेका छन्। पालिकाको सफलता नै सबै नगरबासीको सफलता भएको बताउँदै विष्टले आगामी दिनमा थप उचाई प्राप्त गर्नका लागि पनि सहयोगको आवस्यकता रहेको बताएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 14, 2021| 10:47 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।