सोमबार, मंसिर १, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कतारमा पक्राउ परेका नमस्ते सहकारीका प्रबन्धकलाई नेपाल ल्याइयो

कतारमा पक्राउ परेका नमस्ते सहकारीका प्रबन्धकलाई नेपाल ल्याइयो

 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सहकारी ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकलाई इन्टरपोलमार्फत कतारमा पक्राउ गरी नेपाल ल्याइएको छ। 

नेपाल प्रहरीका अनुसार बाँके, नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुर घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ३८ वर्षीय प्रमोद सिजापतिलाई एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी माघ २६ गते नेपाल फिर्ता ल्याइएको हो।  

उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनका लागि प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।  

प्रकाशित: Feb 10, 2024| 10:25 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्