सोमबार, मंसिर १, २०८२

आजदेखि अध्यागमनले सुरु गर्‍यो ई-भिसा 

 |  शुक्रबार, माघ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

काठमाडौं- अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई-भिसा प्रिन्ट गरेर दिँदै यसको सुरुवात गरेका हुन्।

National life

ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए। भिसाका लागि जहाँबाट पनि आफैँ आवेदन दिन सकिनेछ। विभागले केही समय परीक्षण गरेर आजदेखि लागू गरेको हो।

उसबाट नेपालमा धेरै पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान सकिने अध्यागमनको विश्वास छ। अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास जानु पर्ने छैन।

ई-भिसाको शुभारम्भ गर्दै गृहमन्त्री श्रेष्ठले अब भिसाको लागि आम नागरिकले दुःख नपाउने बताए। मन्त्रालयले अब सबै कार्य अनलाइन प्रक्रियामार्फत गर्दै जाने र कर्मचारीलाई पनि परिष्कृत गर्दै लैजाने मन्त्री श्रेष्ठको भनाई थियो।

अब पेमेन्टलाई ग्लोबल्ली पेमेन्ट गर्न सक्ने गरी मोडुलर अवधारणाबाट अपडेट गर्ने योजना रहेको उनले सुनाए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 09, 2024| 17:00 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्