मंगलबार, पुस १, २०८२

विमानस्थलका डीआईजी चन्द प्रदेश समन्वय विभागमा सरुवा

 |  शुक्रबार, माघ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा भएको छ। उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काजमा प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेका हुन्।

National life

प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा उनलाई सरुवा गरिएको छ। प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्छन्। हाल प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन्।

विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कुटाकुट भएपछि छानबिन भएको थियो। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले कार्यालय प्रमुखमाथि समेत प्रश्न उठाएपछि चन्द असन्तुष्ट भएका थिए। यही कारण उनले राजीनामा समेत बुझाएका थिए।

तर, प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरक्षिकहरुले सम्झाएर उनको राजीनामा फिर्ता गराएका थिए। राजीनामा फिर्ता गर्दै उनलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गर्ने वचन पनि महानिरीक्षक बसन्तबहादुर कुंवरले दिएका थिए।

त्यसको केही दिनमै उनलाई सरुवा गरिएको हो। डीआईजी चन्दलाई विमानस्थल प्रमुखका रुपमा खटाउँदा पनि काजमै सरुवा गरिएको थियो। उनको दरबन्दी भने त्यतिबेला पनि साइबर ब्यूरो मै थियो। अहिले पनि दरबन्दी साइबर ब्यूरोमै राखेर काजमा प्रहरी प्रधान कार्यालय लगिएको हो।

Laxmi sunrise bank
kumari

राजीनामा फिर्ता गराउन ब्याची समेत रहेका आईजीपी लगायतले भन्दा पनि उनले अब विमानस्थलमा नफर्किने बताएका थिए। उनलाई १० दिनको बिदा दिइएको छ। हाल उनी बिदामै छन्। बिदामै रहँदा काज सरुवा गरिएको हो।

असई तामाङ र जवानद्वयलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बोलाएको छ। बिहीबारदेखि उनीहरु रानीपोखरीमा हाजिर भएका छन्। तर उनीहरुलाई कारबाही बारे भने निर्णय भइसकेको छैन।

उता प्रहरीले चेकजाँचच गर्दा लफडा गरेका अध्यागमन अधिकृत छायाँ मोक्तानलाई गृह मन्त्रालय फिर्ता गरिसकिएको छ।

प्रकाशित: Feb 09, 2024| 16:32 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्