शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दयाहाङका दुई फिल्म एकैसाथ भिड्दै

 |  शुक्रबार, माघ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

काठमाडौं- आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन्। माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हन्।

triton college

दुवै चलचित्रमा अभिनेता दयाहाङ राई छन्। कलाकार राईको यो संयोग दोस्रो पटक हो। गत वैशाख १ गते पनि उनी अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो।

“दुवै चलचित्र फरक स्वादका छन्। यी दुई चलचित्र निर्माण तीनदेखि चार वर्षको फरकमा भएका हुन्। सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ”, अभिनेता राईले भने।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको ‘हात्तीछाप’मा सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय वराललगायत कलाकारले अभिनय गरेका छन्। “हामीले सामाजिक विषयसँगै यसमा मनोरञ्जनात्मक गतिविधि समेटेका छौँ। चलचित्र भवनसम्म पुग्ने दर्शकलाई यसले निराश बनाउँदैन”, निर्देशक सुनुवारले भने।

आजदेखि प्रदर्शन गरिएको अर्को चलचित्र ‘दयारानी’मार्फत कलाकार माओत्से गुरुङले निर्देशकीय यात्राको सुरुआत गरेका छन्। निःसन्तान दम्पतीको कथामा आधारित रहेर तयार गरिएको यस चलचित्रमा अभिनेता राईसँगै दीया पुन, विजय वराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

Metro Mart
vianet

“यसमा एउटा अह्मकारी पुरुषको कथालाई पर्दामा ल्याएका छौँ। गुरुङ संस्कार र संस्कृति पनि यसमा समेटेको छ। चलचित्र मनोरञ्जनसँगै समाजमा भएको एउटा उदाहरण पनि हो”, निर्देशक गुरुङले भने।

 

 

 

 

 


 

प्रकाशित: Feb 09, 2024| 18:45 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्