शुक्रबार, असार १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ९ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले लियो पूर्वसभामुख महराको बयान

९ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले लियो पूर्वसभामुख महराको बयान

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०
National life
Shivam cement

काठमाडौं- भेपमा भएको ९ किलो सुन प्रकरणमा महराका छोरा राहुल महरा पुर्पक्षका लागि कारागारमा छन्। प्रहरीले सुरुमा उनलाई जोगाउँदै प्रतिवेदन बुझाएको भएपनि चौतर्फी विरोधपछि पुरक अनुसन्धान गर्दै राहुललाई पक्राउ गरेको थियो। सीआईबीले सुरुमा कृष्णबहादुर महरा पनि संलग्न रहेको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

तर पछि छोरालाई प्रतिवादी बनाए पनि बाबुसँग भने कागज गराएर छाडेको थियो।

यी दुई मुद्दामा थुनामा रहेका प्रतिवादीहरुलाई पनि बोलाएर आयोगले बयान लिइरहेको छ। यसअघि ३३ किलो सुन प्रकरणका गोरे भन्ने चुडामणी उप्रेतीलाई पनि केन्द्रीय कारागारबाट सिंहदरबारस्थित कार्यालयमा लगेर बयान गराइएको थियो।

यी बाहेक विमानस्थलबाट भएको सुन तस्करीका विभिन्न घटनामा जोडिएका व्यक्तिहरुसँग पनि जाँचबुझ आयोगले बयान लिइरहेको छ।

प्रकाशित: Feb 08, 2024| 19:22 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्