बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • टीकापुरको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता, २४९ जनाविरूद्ध मुद्दा

टीकापुरको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता, २४९ जनाविरूद्ध मुद्दा

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

काठमाडौं- कैलालीको टीकापुरस्थित सार्वजनिक जग्गा व्यक्तिका नाम दर्ता गरेको आरोपमा नगर विकास समितिका तत्कालीन अध्यक्षसहित २४९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। 

National life

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित पदाधिकारीले मिलेमतोमा नक्कली रसिद बनाएर सार्वजनिक जग्गा घडेरीका रूपमा व्यक्तिका नाममा गरेको आरोप छ।

कर्मचारीहरू समेतको मिलेमतोमा समितिमा कम रकम बुझाएर हक हस्तान्तरण गरेको अख्तियारको भनाइ छ। टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनुपर्ने भनिएको छ। तर त्‍यसो नगरी पदाधिकारीले व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा समितिको नाममा नक्कली कागजात खडा गरी जग्गा व्यक्तिको नाममा पुर्‍याएको अख्तियारको भनाइ छ।

अख्तियारले तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मी सहित २४९ जनाविरूद्ध मुद्दा दायर गरेको हो। अख्तियारले जग्गा पनि जफत गर्न जग्गा खरिदकर्तासहितलाई मुद्दा दायर गरेको छ। साथै अख्तियारले अहिले भोगचलन गरिरहेका जग्गाधनीहरूको नाम पनि सार्वजनिक गरेको छ।

प्रकाशित: Feb 08, 2024| 18:29 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्