शनिबार, भदौ १३, २०८३

धनुषामा स्कुल बसको ठक्करबाट युवकको मृत्यु

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

महेन्द्रनगर- धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कुलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो। 

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा२प ७६० नं को बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भिर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा बाटोमै मृत्यु भएको हो। 

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का रामजस मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 08, 2024| 16:18 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्