शनिबार, भदौ १३, २०८३

भत्ता लिएर फर्केका वृद्धको बाटोमै मृत्यु

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

सल्लेरी (सोलुखुम्बु)- सोलुखुम्बुमा वृद्ध भत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ। भत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलु दूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलु दूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ।

 

प्रकाशित: Feb 08, 2024| 13:25 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्