शनिबार, भदौ १३, २०८३

ज्यान मार्ने धम्की दिएर पाँच करोड फिरौती माग्ने पक्राउ

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

पाँच करोड रुपैयाँ फिरौती नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४ आर्थरका दीपकबहादुर क्षेत्री छन्।

कास्की प्रहरीका अनुसार उनीहरूले सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैरेसँग पाँच करोड रुपैयाँ फिरौती मागेका थिए। फोन र म्यासेजबाट परिवारका सदस्य र उनको ज्यान मार्ने धम्की उनीहरुले दिएका थिए।

दर्जी वैदेशिक रोजगारका क्रममा चार वर्षदेखि कतारमा थिए। उनी नेपाल आएको एक महिनामात्र भएको थियो। अर्का क्षेत्री भने बेरोजगार हुन्।

प्रकाशित: Feb 08, 2024| 11:31 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्