सोमबार, चैत २, २०८२

रात्रिक्‍लवमा भागदौड, ६ को मृत्‍यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
फाइल तस्बिर
इटाली- इटालीमा एक रात्रिक्लवमा रमाइलो गरिरहेका युवायुवतीहरुबीच भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ । शनिबार बिहान एक बजेको समयमा भागदौड मच्चिएको थियो । 

एकाएक समूहमा रहेका युवायुवतीबीच खैलाबैलासहित भागदौड भएको थियो । भागदौडका क्रममा पहिला लड्ने व्यक्तिहरुलार्इ हतारमा भाग्नेहरुले कुल्चिएका थिए । स्थानीय अग्‍नी नियन्‍त्रक कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएअनुसार एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भिडबाट छर्किएको थियो । त्यसपछि क्‍लवमा नाचिरहेका युवायुवती डरले भाग्‍न थालेका थिए । 

स्थानीय सामाचारहरूमा एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्डो सहरमा ब्लु लानटर्न क्लबभित्र करिब एक हजार व्यक्तिले मनोरञ्जन लिइरहेका समय एक्कासि भागदौड मच्चिएको बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।