मंगलबार, पुस १, २०८२

नापी कार्यालयका सर्भेक्षक घुससहित पक्राउ

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नापी कार्यालयका सर्वेक्षक रु एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो।

आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना  पाएपछि आयोगको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो।

प्रकाशित: Feb 08, 2024| 08:09 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्