शुक्रबार, असार १२, २०८३

बारामा बस दुर्घटनामा हुँदा बालिकाको मृत्यु

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०
National life
Shivam cement

बारा- बारामा बस दुर्घटनामा परेर बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा बुधबार कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो। 

कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० नं को यात्रुबाहक बसबाट आमासँगै झर्ने क्रममा बालिकालाई अर्को बसले ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। 

मृतक बालिका आमासित बस चढेर मामाघर जाँदै थिइन्। घटनापछि मृतकका आफन्तले बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ। बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले बसका चालक मुरारी चौधरीलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 08, 2024| 07:48 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्