मंगलबार, पुस १, २०८२

कैलालीमा बने ६ वटा झोलुंगे पुल

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

कैलाली- कैलालीमा छ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्। सङ्घीयतापछि स्थापना भएको पूर्वाधार विकास कार्यालय कैलालीले हालसम्म जिल्लाका विभिन्न ठाउँमा ती पुल निर्माण गरेको हो।

National life

रु बाह्र करोड ३९ लाखमा निर्माण भएका झोलुङ्गे पुलबाट छ हजारबढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएको पूर्वाधार विकास कार्यालय कैलालीका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए।

प्रदेश सरकारको लागतमा निर्माण भएका छ वटा पुलमध्ये तीन वटा पुल उपभोक्ता समिति र तीन वटा पुल पूर्वाधार विकास कार्यालयले टेन्डरमार्फत सम्पन्न गरेको उनले बताए।

सूचना अधिकारी खड्का अनुसार आव २०७७/७८ मा दुई वटा झोलुङ्गे पुल निर्माण भएका छन्। तीमध्ये एउटा पुलले कैलाली र डोटी दुई जिल्लालाई जोडेको छ। कैलालीको चुरे गाउँपालिका–१ र डोटीको जोरायल गाउँपालिका–६ जोड्ने १११.५ मिटरको निगाली झोलुङ्गे पुल ४६ लाख २२ हजारमा निर्माण सम्पन्न भएको तथा सात सय २० जना लाभान्वित भएको उनले बताए।

त्यस्तै जोशीपुर गाउँपालिका–४ र जानकी गाउँपालिका–७ जोड्ने ८०.२ मिटरको बारीगाउँ झोलुङ्गे पुल ७१ लाख ४३ हजारमा निर्माण सम्पन्न भएको र एक हजार १० जना लाभान्वित भएका उनले बताए।

Laxmi sunrise bank
kumari

आव २०७९/८० मा ४ वटा पुल निर्माण सम्पन्न भएका छन्। ८३ लाख ५२ हजारमा निर्माण भएको कैलारी गाउँपालिका–१ र ५ जोड्ने ९८ मिटरको डम्मरा बन्दरगौडी झोलुङ्गे पुलबाट पाँच सय ३४ जना लाभान्वित भएका पूर्वाधार विकास कार्यालयले जनाएको छ।

त्यस्तै घोडाघोडी नगरपालिका–९ र १० जोड्ने २ सय ८० मिटर लामो कान्द्रा नदी झोलुङ्गे पुल रु तीन करोड ८४ लाख २३ हजारमा निर्माण सम्पन्न भएको तथा एक हजार दुई सय जना प्रत्यक्ष लाभान्वित भएको, दुई करोड ७५ लाख ७४ हजारमा घोडाघोडी नगरपालिका–४ मा बनेको दुई सय तीन मिटरको टयाङ्ना खोला झोलुङ्गे पुलले एक हजार पाँच सय जना प्रत्यक्ष लाभान्वित भएको र तीन करोड ७७ लाख ८६ हजारमा निर्माण भएको गोदावरी नगरपालिका–९ शेहरी र वल्मी जोड्ने २८०.६ मिटरको सहरी–बल्मी झोलुङ्गे पुलले एक हजार दुई सय ५० जनाभन्दा लाभान्वित भएको सूचना अधिकारी खड्का बताए।

पुल बनेपछि आवतजावतमा धेरै सहज भएको कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका स्थानीय वीरबहादुर विकले बताए। उनले भने, “बल्मीबाट शेहरी जान वर्षात्को समयमा समस्या हुन्थ्यो। वडा कार्यालय पनि सेहरीमै जाने आउने काम परिरहन्छ। पुल बन्दा गत वर्षदेखि सहज भएको छ।”

प्रकाशित: Feb 08, 2024| 07:07 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्