सोमबार, मंसिर २९, २०८२

गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

National life
Laxmi sunrise bank
kumari

अछाम- अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ। 

आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका-३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले राससलाई जानकारी दिए।

दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए।

प्रकाशित: Feb 07, 2024| 20:49 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्