सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बिजुलीको पोलमा इन्टरनेटको तार जोड्न गएका युवकको करेन्ट लागेर मृत्यु

बिजुलीको पोलमा इन्टरनेटको तार जोड्न गएका युवकको करेन्ट लागेर मृत्यु

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

National life
Laxmi sunrise bank
kumari

कालीकोट- कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। 

करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए। मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ। बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्दा करेन्ट लागेको थियो। 

प्रकाशित: Feb 07, 2024| 20:00 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्