सोमबार, मंसिर २२, २०८२

मेटाले फेसबुक र इन्स्टाग्राममा एआई फोटो लेबल गर्ने

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

काठमाडौं- मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेडमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई)बाट निर्मित फोटोलाई लेबल गर्ने तयारी गरेको छ।

National life

मेटाको यो प्रयास सफल भए एआईबाट निर्मित फोटो यसका सामाजिक सञ्जालमा पोस्ट गर्दा एआईबाट बनेको हो भन्ने जानकारी देखिनेछ।

मानिसहरूलाई झुक्याउन एआईबाट निर्मित फोटोहरू राख्नेलाई निरुत्साहित पार्न मेटोले यो प्रयास थालेको हो। फोटो बनाउन सक्ने मेटाको आफ्नै एआई टुलबाट बनेका फोटोहरूलाई कम्पनीले लेबल लगाउने काम गरिसकेको छ।

मेटोको ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले मंगलबार अन्य कम्पनीको एआईबाट बनेका फोटोहरूबारे यस्तो काम गर्न थालेको बताएका छन्। मेटाको एआई टुलले मेटाडेटा र अदृश्य वाटरमार्क राख्दै अन्य संस्थालाई एआईबाट निर्मित तस्बिर हो भनेर जानकारी गराउँछ।

कम्पनीले गुगल, माइक्रोसफ्ट, ओपनएआई, एडोबी, मिजोर्नी र सटरस्टकबाट पनि यस्तै पहिचान गर्न सकिने उपकरणको विकास थालेको बताएको छ।

Laxmi sunrise bank
kumari

एआईबाट निर्मित तस्बिरहरू पछिल्लो समय नकारात्मक तरिकाले समेत प्रयोग हुन थालेपछि यसमा संलग्न कम्पनीहरु जिम्मेवार बन्ने प्रयासमा लागेका छन्।

प्रकाशित: Feb 07, 2024| 21:25 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्