शुक्रबार, असार १२, २०८३

डढेलो गाउँ पस्दा घरगोठ खरानी

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०
National life
Shivam cement

उदयपुर- उदयपुरको उत्तरपश्चिमी पहाडी भेगको ताप्ली गाउँपालिका–१ ओख्ले डाँडागाउँमा डढेलो गाउँ पस्दा स्थानीयको घरगोठ जलेर खरानी भएको छ। बनमा आज लागेको डढेलोले स्थानीय रमेश मगरको घरगोठ जलेर खरानी भएको हो। 

ताप्ली–१ ओख्लेका वडाध्यक्ष उद्धव हमालका अनुसार गाउँ नजिकैको  सल्लाघारी वनमा आगलागी भएको हो। उनले भने, ‘घरको अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको छ।’ वन क्षेत्रमा लागेको डढेलो बेस्सरी हावा चल्दा गाउँमा पसेको उनले बताए। डढेलोका कारण अन्य घर पनि जोखिममा रहेका वडाध्यक्ष हमालले बताए। 

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न प्रहरीचौकी रुपाटारबाट टोली घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभास राईले बताए। 

प्रकाशित: Feb 07, 2024| 22:02 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्