बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सूर्यदर्शन सहकारी पीडितद्वारा रवि लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा उजुरी 

सूर्यदर्शन सहकारी पीडितद्वारा रवि लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा उजुरी 

 |  सोमबार, माघ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २२, २०८०

पोखरा- रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले कास्की प्रहरीमा उजुरी दिएका छन्। 

triton college

जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन्। संस्थाहरूमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्ध पनि आरोप छ। 

यसबाहेक उनीहरू निकटका सहकारीविरुद्ध पनि जाहेरीमा नाम छ। छानबिन समितिको प्रतिवेदन अनुसार मनपरी रुपमा पैसा गएको देखिन्छ। पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले निवेदन प्राप्त भएको बताए। ‘निवेदन आएको छ। सुरु दर्ताकै आधारमा अनुसन्धान थाल्छौँ,’ उनले भने, ‘अब अनुसन्धान थाल्न सजिलो भो। यसबारेमा जिल्ला प्रशासनसँग पनि नियमित छलफल भइरहेको छ।

प्रकाशित: Feb 05, 2024| 16:59 सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्