बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिंहदरबार प्रवेश गर्न लागेका आरती साहकी आमा र भाइ प्रहरी नियन्त्रणमा

सिंहदरबार प्रवेश गर्न लागेका आरती साहकी आमा र भाइ प्रहरी नियन्त्रणमा

 |  सोमबार, माघ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २२, २०८०

काठमाडौं- आरती साहको न्यायका लागि महिनौँदेखि काठमाडौंमा आन्दोलन गरिरहेकी आरती साहकी आमा निर्मलादेवी साह र उनकै भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

triton college

उनीहरू सोमबार बिनापास सिंहदरबार जान नाराजुलुस गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरू गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न जान बिनापास सिंहदरबार गेट पुगेका थिए। त्यहाँ नारा लगाउँदा उनीहरू प्रहरीको नियन्त्रणमा परेका हुन्।

नियन्त्रणमा लिइएका उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। गएको जेठमा आरती श्रीमान् मोतीबाबु शाहको घर जनकपुरमा मृत फेला परेका थिए।

छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भन्दै निर्मलादेवी न्यायका लागि काठमाडौं आएर आन्दोलनमा छन्। हाल मोतीबाबु भने पुर्पक्षका लागि थुनामा छन्। पीडित परिवारले आरतीका ससुरा पनि संलग्न भएको भन्दै जेल हाल्नुपर्ने माग राख्दै आएका छन्। 
 

प्रकाशित: Feb 05, 2024| 16:54 सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्