शुक्रबार, असार १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रित नपुगेको भन्दै डीआईजी चन्दको राजीनामा फिर्ता, १० दिन बिदा स्वीकृत 

रित नपुगेको भन्दै डीआईजी चन्दको राजीनामा फिर्ता, १० दिन बिदा स्वीकृत 

 |  सोमबार, माघ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २२, २०८०
National life
Shivam cement

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ।

राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।

चन्दले शुक्रबार राजीनामा दिएका थिए। विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले  प्रहरीलाई दोषी देखाएपछि असन्तुष्ट बनेका चन्दले राजीनामा दिएका थिए। उनलाई १० दिन बिदा दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रकाशित: Feb 05, 2024| 16:30 सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्