काठमाडौं- काठमाडौं महानगरपालिकाले आलोकनगर क्षेत्रमा रहेको सार्वजनिक जग्गामा निर्मित अवैध संरचना हटाउन डोजर चलाएको छ।
महानगरले आइतबार काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगर क्षेत्रमा निर्माण गरिएको सुकुम्बासी बस्ती र कबाडी पसलमा डोजर चलाएको हो।
सो क्षेत्रमा डोजर चलेपछि स्थानीयहरु आक्रोशित भएका छन्। आलोकनगरका स्थानीयले भने आफूहरुलाई १५ दिने सूचना नै नदिई डोजर चलाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।