मंगलबार, चैत २४, २०८२

विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्।

National life

उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ।

चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए। चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन्।

यही माघ १२ गते विमानस्थलमा प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीबीच हातपात भएको थियो। उक्त घटना भएका दिन डीआईजी चन्द बिदामा थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी डीआईजीको नेतृत्वमा रहने गर्छ।

राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए।

kumari

प्रकाशित: Feb 03, 2024| 16:13 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्