वीरगन्ज- संघीय सरकारको ६ करोड रुपैयाँ अनुदानमा पर्साको ग्रामीण क्षेत्रमा दुईवटा पक्की पुलको निर्माण कार्य सुरु भएको छ। जीरा भवानी गाउँपालिकाको वडा नं- ३ स्थित इमरिति खोला र जगरनाथपुरको मधुवा खोलामा पुल निर्माण कार्य सुरु भएको हो।
प्रिति खोलाको पुल निर्माणको लागी रञ्जनर सजन जेभी निर्माण कम्पनीले १ करोड ८१ लाख रुपैयाँमा ठेक्का पाएको छ । यो पुल २०७६ असार मसान्तमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको हो।
यसैगरी जगरनाथपुरको मधुवा खोलामा ४ करोड २३ लाख रुपैयाँको लागतमा महादेवरखिम्ती जेभीले निर्माण ठेक्का लिएको छ । यो पुल २०७७ असार मसान्तमा निर्माण कार्य पूरा गर्नुपर्ने भौतिक पूर्वाधार तथा यातायात विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए।
पुल निर्माण भएपछि स्थानीय वासिन्दालाई वर्षातको समयमा समेत यातायातको सुविधा उपलब्ध हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४