बुधबार, असार २५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता तथा पूर्वमन्त्री पौडेलको दुर्घटनामा परी निधन 

कांग्रेस नेता तथा पूर्वमन्त्री पौडेलको दुर्घटनामा परी निधन 

 |  बुधबार, माघ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

vianetvianet

काठमाडौं- बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ। नेपाली कांग्रेसका नेतासमेत रहेका बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री बलराम पौडेलको मोटरसाइकल दुर्घटना मृत्यु भएको हो।

नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको बुधबार निधन भएको हो। बुधबार ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करपछि पौडेलको घटनास्थलमै निधन भएको हो। पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भएका थिए।

मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
 

प्रकाशित: Jan 31, 2024| 17:21 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्