मंसिर- आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिले प्रवद्र्धन गरेको अशोकले लैण्ड गाडीको नयाँशाखा स्वागत नगर चाउथे, १४–पोखरामा स्थापना गरिएको छ। यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोकले लैण्ड गाडीहरुका लागि सेल्स, सर्भिसर स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराईएको छ ।
उक्त थ्रि—एस (सेल्स,सर्भिस र स्पेयर्स)सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरे।
उद्घाटनका क्रममा प्रबन्ध निर्देशक ढकालले भने, ‘अशोकले लैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए।
उनले अबपश्चिम क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोकले लैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४