सोमबार, मंसिर १, २०८२
  • गृहपृष्ठ
  • समाज
  • हेलम्बुमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

हेलम्बुमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जिप दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ।

National life

बुधबार बिहान करिब ११ बजेतिर बा २ च ४४५० नम्बरको जिप दोरिङमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार थिए।

तीमध्ये दुई भुटानी नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए।

भुटानी नागरिकहरू ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको मृत्यु भएको खुलेको उनले बताए।

गुम्बा जाँदै गरेको जिप सडकबाट ५० मिटर तल खसेको थियो। घाइते भएकामध्ये दुई जनालाई हेलिकप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेलाई पनि हेलिकप्टरबाटै काठमाडौं ल्याउने तयारी छ।

Laxmi sunrise bank
kumari

जिपका चालक हेलम्बु गाउँपालिका वडा नम्बर २ का ४२ वर्षीय रामचन्द्र भण्डारी रहेको प्रहरीको भनाइ छ। 

प्रकाशित: Jan 31, 2024| 13:57 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्