शुक्रबार, असार १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकी संसद्का लागि चुनाव लड्ने डा. ह्यारी भण्डारीको घोषणा

अमेरिकी संसद्का लागि चुनाव लड्ने डा. ह्यारी भण्डारीको घोषणा

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

काठमाडौं- मेरिल्यान्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभका लागि उमेदवारी दिने भएका छन्।

National life

अमेरिकी राजनीतिमा नेपाली मूलका प्रतिनिधिको रूपमा कीर्तिमान कायम गरेका भण्डारी उक्त चुनावमा जितेर यूएस रेप्रिजेन्टेटिभ बने भने उनले अमेरिकी राजनीतिमा सबैभन्दा उच्चतम पदमा पुग्ने नेपाली मूलका अमेरिकीको रूपमा इनिहास रच्नेछन्। 

७७ वर्षीय कंग्रेसम्यान डच रपर्सबर्जरले पुनः निर्वाचनका लागि चुनाव नलड्ने र अवकाश लिने घोषणा गरेको तीन दिनपछि भण्डारीले पनि उक्त पदका लागि आगामी मे १४ मा हुने प्राइमरी चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

अमेरिकाको हाउस अफ रेप्रिजेन्टेटिभमा विभिन्न राज्यबाट निर्वाचित ४३५ जना सदस्य रहने व्यवस्था छ। अमेरिकाको संविधानअनुसार हाउस अफ रेप्रिजेन्टेटिभले अमेरिकाको संघीय कानुन बनाउने र पारित गर्ने काम गर्छ।   

हाउस अफ डेलिगेट्समा पाँच वर्ष सेवा गरेपछि माथिल्लो कार्यालयको लागि चुनाव लड्नु स्वभाविक भएको उल्लेख गर्दै भण्डारीले सार्वजिनिक सेवाको आफ्नो प्रतिवद्धतालाई जारी राख्ने बताएका छन्। 

Shivam cement

डा. भण्डारीले मेरिल्यान्ड राज्यको स्वास्थ सेवामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्ने आफ्नो प्राथमिकता भएको उल्लेख गरेका छन्। 

प्रकाशित: Jan 31, 2024| 11:57 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्