शुक्रबार, असार १२, २०८३

प्रमोद खरेलको स्वरमा ‘मनमा पर्‍यो चोट’ सार्वजनिक (भिडिओ)

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- गायक प्रमोद खरेलको स्वरमा ‘मनमा पर्‍यो चोट’ बोलको गीत सार्वजनिक भएको छ। गौरव गिरी र एलपी शर्माको शब्द रचना रहेको गीतमा रोहित देउवाले संगीत भरेका छन्।

National life

विषम आचार्यको एरेञ्ज गरेको गीतलाई सजन शाहको मिक्सिङ तथा मास्टरिङ रहेको छ। सार्वजनिक गीतको भिडिओमा चर्चित मोडल उषा उप्रेतीसहित एलपी शर्मा र भद्र जंग कुँवर फिचर्ड छन्। भिडिओमा दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्काको पनि अभिनय देख्न सकिन्छ।

गौरभ गिरी निर्देशित गीतको भिडिओमा स्वार्थकेन्द्रीत प्रेम र त्यसले व्यक्तिको जीवनमा ल्याउने उतारचढावलाई कथालाई समेटेको छ।

कालिञ्चोक आसपासका रमणीय दृश्यलाई बसन्त कुँवरले खिचेको भिडिओलाई बलभद्र कुँवरले सम्पादन गरेका हुन्।

Shivam cement

प्रकाशित: Jan 30, 2024| 20:00 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्