आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मेयर नै मिटरब्याजीको पक्षमा भएको भन्दै पीडितले थाले आन्दोलन

मेयर नै मिटरब्याजीको पक्षमा भएको भन्दै पीडितले थाले आन्दोलन

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- सर्लाहीको मलंगवा नगरपालिकाका प्रमुख (मेयर) नागेन्द्रप्रसाद यादव सुदखोरको पक्षमा लागेको आरोप लगाउँदै मिटरव्याज पीडितहरुले आन्दोलन सुरु गरेका छन्।

triton college

मिटटरब्याज पीडितले आज मलंगवा- ५ भाडसरमा र्याली र सभा गर्दै मेयरविरुद्ध आन्दोलन सुरु गरेका हुन्। मेयर यादव नै साहु महाजनहरुको पक्षमा लागेपछि पीडितले आन्दोनल सुरु गरेका मिटरब्याज विरोधी अभियन्ता सरस्वती मिश्रले बताइन्।  
मेयर यादवले वडा कार्यालय र पीडितहरुलाई जानकारी नै नदिइ नरेन्द्रकुमार खिरहरी (यादव), कृष्णकुमार खिरहरी, उमेश गुप्तासहितका सुदखोरले बनाएका तमसुक प्रमाणीकरण गरेको मलंगवा- ५ का वडाध्यक्ष जुल्फफकार अलीले बताए। यो घटनामा मेयर यादव र वडाध्यक्ष अली नै आमनेसामने भएका छन्।

‘यसै हप्ता उहाँले ऋणी र वडा कार्यालयलाई जानकारी नै नदिई झण्डै ६० जना ऋणीको कपाली तमसुक प्रमाणित गर्नु भएको छ,’ वडाध्यक्ष अलीले भने, ‘सुदखोर नरेन्द्रकुमार खिरहरी (यादव) उहाँ (मेयर)का सम्धीसमेत हुन्। मेरै वडाका धेरै ऋणीको तमसुक पनि उहाँले मलाई जानकारी नदिइ प्रमाणीकरण गर्नु भएको छ। यो हामीलाई मान्य छैन।’ 

मेयर यादव कांग्रेस र वडाध्यक्ष अली एमालेबाट निर्वाचित भएका हुन्। वडाध्यक्ष अलीले मेयर सुदखोरको पक्षमा लागेपछि पीडितले आफूलाई भेटेर गुनासो गरेको बताए।  मेयर यादवले एउटै साहु (नरेन्द्रकुमार)को ३२ वटा कागज प्रमाणीकरण गरेको दाबी उनले गरे। 

‘कतिपय मैले प्रमाणीकरण नगरेका फर्जी कपाली तमसुकसमेत उहाँले प्रमाणीकरण गर्नुभएको छ,’ उनले भने, ‘ऋणी र वडा कार्यालयलाई जानकारी नै नदिइ कपाली तमसुक प्रमाणीकरण गर्नु बेइमानी हो। यसमा उहाँको बदनियत देखिन्छ।’

corrent noodles
Metro Mart

सरकारले लेनदेनसम्बन्धी कपाली तमसुक प्रमाणीकरण गर्ने अधिकार स्थानीय तहलाई दिएको छ।  मुलुकी देवानी संहितामा ५० हजार भन्दा बढीका कपाली तमसुक स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयबाट ऋणीहरुको रोहवरमा उनीहरुकोसमेत मञ्जुरीनामा लिएर प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। 

तर, मेयर यादवले वडा कार्यालय र ऋणीलाई जानकारी नै नदिइ सुदखोरहरुको हित हुने गरेर कपाली तमसुकहरु प्रमाणीकरण गरेको पीडितहरुले आरोप लगाएका छन्। 

उनीहरुले कार्यविधि मिचेर मेयरले महाजनको हितमा गरेको प्रमाणीकरण नमान्ने भन्दै त्यसको खारेजीकोसमेत माग गरेका छन्। 

प्रकाशित: Jan 30, 2024| 17:40 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्