मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मालपोत अधिकृतले १५ वर्षमा ४ करोड कमाएपछि भ्रष्टाचार मुद्दा दायर 

मालपोत अधिकृतले १५ वर्षमा ४ करोड कमाएपछि भ्रष्टाचार मुद्दा दायर 

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन अधिकृत मीनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार विशेष अदालतमा मुदा दायर गरिएको हो।

National life

उनले १५ वर्षको अवधिमा गैरकानुनी रूपमा चार करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ आर्जन गरेको अख्तियारको ठहर छ। पछिल्लो समय भट्टराई मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत थिए।

भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५४ साउन २६ गतेदेखि ०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानमा समेटिएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ।

उक्त अवधि भट्टराईको वैध आय पाँच करोड ९४ लाख ६७ हजार १४८ रुपैयाँ देखिएको छ। सोही अवधिमा उनले १० करोड २३ लाख ९२ हजार २८८ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ।

kumari

दायर मुद्दामा भट्टराईसँग चार करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ बिगो दाबी गरिएको छ।

यस्तै, भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति कान्छी श्रीमती झुनाकुमारी कठेत समेतको नाममा राखेको पाइएको अख्तियारले जनाएको छ। उनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

प्रकाशित: Jan 30, 2024| 17:20 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्