सोमबार, मंसिर १, २०८२
  • गृहपृष्ठ
  • समाज
  • परराष्ट्रमन्त्री साउद र बेलायतका सेनाप्रमुखबीच भेट, भूपू गोर्खा सैनिकका माग समाधानबारे छलफल 

परराष्ट्रमन्त्री साउद र बेलायतका सेनाप्रमुखबीच भेट, भूपू गोर्खा सैनिकका माग समाधानबारे छलफल 

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख जनरल सरपेट्रिक सन्डर्सले परराष्ट्रमन्त्री एनपी साउदसँग शीष्टाचार भेट गरेका छन्। भेटमा दुई शताब्दीभन्दा लामो नेपाल बेलायत बम्बन्धबारे चर्चा भएको बताइएको छ। 

National life

गोर्खाहरूले बेलायती सेनामा पुर्‍याएको उच्च योगदानको चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले १९९७ भन्दा अगाडी रिटायर भएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। 

परराष्ट्रमन्त्री साउदले भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेनाप्रमुखसँग अनुरोध गरेका छन्। 

सेनाप्रमुखले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेको बताए। साथै गोर्खाका मागलाई बेलायतले गम्भीरताका साथ लिएको पनि बताएका छन्। 

नेपालको मुख्य विकास साझेदारको रूपमा बेलायतले पुर्‍याएको सहयोगका लागि मन्त्री साउदले धन्यवाद दिए। बेलायतमा हाल आर्थिक कठिनाइ भए पनि नेपाललाई सहयोग निरन्तर रहने बेलायती पक्षको प्रतिबद्धता रहेको पनि सेना प्रमुखले जानकारी गराएका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 30, 2024| 16:29 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्