शुक्रबार, मंसिर १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • क्रिप्टोमार्फत अनलाइन गेम खेलाउने ७ जना काठमाडौंबाट पक्राउ

Siddartha premir insuranceSiddartha premir insurance

क्रिप्टोमार्फत अनलाइन गेम खेलाउने ७ जना काठमाडौंबाट पक्राउ

 |  मंगलबार, माघ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- अवैध क्रिप्टो मार्फत विभिन्न अनलाइन गेम खेलाउने सिराहाका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

himalayan bank box

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिटक्वीन, क्यास एप मार्फत जुवा, मिल्किवे, गेमभल्ट, फाइरकिरिन, भेगाज स्वीप्स, ओरियन स्टार्स जस्ता खेल खेलाउने ७ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका १० बोटटोलका २४ वर्षीय मिथलेश कुमार मण्डल, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका २४ वर्षीय मुरारी साह, सिराहाको लाहान १ शहिदचोकका २४ वर्षीय आर्यन साह, सोही ठाउँका २४ वर्षीय अनिश कुमार रौनियार, २६ वर्षीय रोसन चौधरी जैसवाल, सिराहाको सुकिपुर नगरपालिका २ का २३ वर्षीय शिवम् कुमार यादव र २४ वर्षीय हरिशंकर चौधरी रहेका छन्।

उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। विदेशी नागरिकको फेसबुक प्रयोग गरेर गेमहरु खेलाउने गरेको कार्यालयका डीएसपी निर्मल थापाले बताए। उनका अनुसार यसरी कतिको कारोबार गरे भन्ने अनुसन्धान भइरहेको छ।

प्रकाशित: Jan 30, 2024| 16:21 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्